राष्ट्रिय युवा संघ म्याग्दीको एकता टुङ्गीयो

बेनी, १६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको एकताले पूर्णता पाएको छ ।

बुधबार बेनीमा वसेको बैठकले एकतालाई पूर्णता दिएको हो । तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टीको एकता भएपछि एकीकरण प्रक्रिया सुरु गरेका भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले पूर्णता पाएको हो ।

जिल्ला समितिको ६१ सदस्य समितिको नाम केन्द्रमा पठाउने निर्णय गरिएको छ । त्यसैगरी स्थानीय तहहरुको समेत एकता टुङ्गो लगाइएको छ ।

६ वटा स्थानीय तहहरुमा संयोजक र सह संयोजक टुङ्गो लगाइएको छ भने इन्चार्ज र सह इन्चार्ज पहिलो पूर्ण बैठक पश्चात टुङ्गो लगाईने संयोजक प्रविन शाहीले बताउनुभयो । अब छिट्टै जिल्ला समितिको शपथ ग्रहण तथा पहिलो पूर्ण बोलाउने उहाले बताउनुभयो ।

केन्द्र संगठन र पार्टीको निर्दशन अनुसार अगाडी बढ्ने र पार्टी एकीकरणको भाव सबै युवाहरुमा पु¥याउने किसिमका कार्यक्रम सञ्चालन सह संयोजक सन्दिप खत्रीले बताउनुभयो ।

बेनी नगर कमिटिको संयोजकमा लक्ष्मण कटुवाल, सहसंयोजकमा नारायण पौडेल, मंगला गाउपालिकाको संयोजकमा अर्जुन शाही र सहसंयोजकमा रुकबहादुर पुन, मालिकाको संयोजकमा अनुप गौचन र सहसंयोजकमा तेजेन्द्र पुन चयन हुनुभएको छ ।

धवलागिरीको संयोजकमा सबिन रोका, सहसंयोजकमा ओमबहादुर भण्डारी, रघुगंगाको संयोजकमा अर्जुन भण्डारी, सहसंयोजकमा दिपक पुन र अन्नपूर्णको संयोजकमा प्रदिप तिलिजा र सहसंयोजकमा विमल पुन चयन हुनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: