breaking

भोलि प्रदेश २ मा सार्वजनिक बिदा

माघ ४ । प्रदेश नम्बर २ को सरकारले भोलि सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसर पारेर प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जानकारी दिएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम …

भोलि प्रदेश २ मा सार्वजनिक बिदा विष्तृतमा

प्रतिनिधिसभा विघटनविरुद्धको पहिलो सुनुवाइ

माघ ४ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनको पहिलो दिनको सुनुवाइ आज सकिएको छ । सन्तोष भण्डारीले दिएको रिटमाथि संवैधानिक इजलासमा आज बहस भएको थियो । बहसमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिनुभएको थियो । उहाँहरुले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निवेदकको मागअनुसार संसद् पुनर्स्थापना गर्ने फैसला गरी पाउँ …

प्रतिनिधिसभा विघटनविरुद्धको पहिलो सुनुवाइ विष्तृतमा

जुवाखालको पैसा एसपीको खल्तीमा

माघ ४ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जुवाखालबाट बरामद रकम आफ्नै खल्तीमा राखेका छन् । त्यसरी बरामद रकम राजस्व दाखिला गर्नुपर्ने भएपनि झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नभएको पाइएको हो । दशैँ तिहारको बीचमा गोरखाका विभिन्न प्रहरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा …

जुवाखालको पैसा एसपीको खल्तीमा विष्तृतमा

अदालतलाई दबाब होइन खवरदारी गर्न काँग्रेस सडकमा : बरिष्ठ नेता पौडेल

चितवन,माघ ३ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस सडकमा आउनु सर्वोच्च अदालतलाई दबाब दिन नभई खवरदारी गर्न भएको बताउनुभएको छ । चितवनको शारदानगर टाउनमा भएको विरोध सभामा बोल्दै उहाँले अदालतबाट ढुक्कपन पाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको गम्भीर आरोप लगाउँदै नेता पौडेलले अदालत, न्यायधीश, वकिल सवैलाई धम्क्याउन थालेको भन्दै आपत्ति …

अदालतलाई दबाब होइन खवरदारी गर्न काँग्रेस सडकमा : बरिष्ठ नेता पौडेल विष्तृतमा

संसद पुनस्थापना हुनैपर्छ अन्यथा संविधान खतरामा : काँग्रेस महामन्त्री कोइराला

माघ ३ । नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले संसद पुनस्थापना हुनुपर्ने बताउनुभएको छ । संसद पुनस्थापना नभए संविधाननै खतरामा रहेको उहाँको भनाइ थियो । काँग्रेसले देशभरका स्थानीय तहमा गरेको संसद विघटनविरुद्धको विरोध र्याली अन्तगर्त आज नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले अदालतको निर्णय कांग्रेसले स्वीकार्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन …

संसद पुनस्थापना हुनैपर्छ अन्यथा संविधान खतरामा : काँग्रेस महामन्त्री कोइराला विष्तृतमा

नवलपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

माघ ३, २०७७ नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका ४ चुलीबोझामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो लु ३ त ७६०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २५ बर्षीय ट्याक्टर चालक बिकास गोतामे मगरको मृत्यु भएको हो । प्रहरी चौकी बुलिङटारका अनुसार दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना …

नवलपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु विष्तृतमा

कोभिड १९ को परीक्षण नयाँ प्रविधिबाट गर्ने तयारी

माघ ३ । अवबाट कोभिड १९ को परीक्षण नयाँ प्रविधिबाट गर्ने तयारी भएको छ । कोरोना भाइरसको छिटो र छरितो रिर्पोट आउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गराउन नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त मेसिनको परीक्षण भैरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिले भएको परीक्षणबाट प्राप्त हुने …

कोभिड १९ को परीक्षण नयाँ प्रविधिबाट गर्ने तयारी विष्तृतमा

देशभरका स्थानीय तहमा कांग्रेसले आज विरोध प्रदर्शनगर्दै

माघ ३ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघट असवैधानिक कदम भएको काँग्रेसले ठहर गरेको छ । त्यही कदम सच्याउन माग सहित काँग्रेसले घोषणा गरेको कार्यक्रम अनुसारआज देशभरका स्थानीय तहमा एकैसाथ प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार आज ७ सय ५३ स्थानीय तहमा प्रदर्शन हुन लागेको हो । यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश …

देशभरका स्थानीय तहमा कांग्रेसले आज विरोध प्रदर्शनगर्दै विष्तृतमा

चितवन राष्ट्रिय निकुञ्जद्धारा फरार व्यक्ति पक्राउ गरी जेल चलान

चितवन, माघ २ । चितवन राष्ट्रिय निकुञ्जले करिव ६ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जले भरतपुर २४ ध्रुवा भन्ने स्थानबाट २७ बर्षीय सन्तोष विकलाई पक्राउ गरेको हो । विकले निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा २०७० साल असारमा सालको काठ तस्करी कार्यमा प्रत्यक्ष संलग्न रहेका थिए । विस २०७० …

चितवन राष्ट्रिय निकुञ्जद्धारा फरार व्यक्ति पक्राउ गरी जेल चलान विष्तृतमा

Scroll to Top