भोलि हुने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा
पौष २७ । विभिन्न १० विधामा अवार्ड प्रदान गरिने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भोलि हुने पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा भएको हो । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । …