राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

माघ २९ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छ ।

आयोजकका अनुसार पहिलो खेलमा दिउँसो १२ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: