महिला राष्ट्रिय लिगको दोस्रो चरणका खेलहरु हुने तालिका सार्वजनिक

माघ २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । जसमा अन्तिम खेल एपीएफ र आर्मीबीच हुने भएको छ ।

फागुन ७ गते दशरथ रंगशालमा एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो राउण्डमा एपीएफले आर्मीलाई २(० ले पराजित गरेको थियो । एपीएफले ६ खेलबाट १८ अंक जोड्दा आर्मीले समान खेलबाट १३ अंक जोडेको छ । ७ टिम सहभागि लिगमा दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ । दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदन्डगढी नगरपालिका उदयपुबीच प्रतिस्पर्धा हुनेछ ।एकै दिन दुई खेल हुँदा मध्याह्न १२ बजे र ३ बजे खेल हुनेछ । यस्तै एउटा मात्र खेल हुँदा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: