भरतपुर अस्पतालको प्रवक्तामा डा.बसौला

माघ २३ । डा. युवानिधि बसौला भरतपुर अस्पतालको प्रवक्तामा नियुक्त हुनु भएको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बसौलालाई हिजो प्रवक्तामा नियुक्त गर्नुभएको हो ।

केन्द्रीय अस्पतालमा स्तरोन्नती भएपछि यस अघि राख्दै आएको सूचना अधिकारी पद हटाई प्रवक्ता राख्न पाउने व्यवस्था अनुसार वसौला चयन हुनुभएको छ ।

अबदेखि सूचना अधिकारीको काम उहाँले गर्नुहुनेछ । विगत पाँच बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत बसौला वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन हुनुहुन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: