कालिका गोल्ड कप : लेखनाथलाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा

बैशाख ४ । शशस्त्र प्रहरी बल (एपिएस) भण्डारा चितवनको कालिका नगरपालिकामा जारी ’प्रथम कालिका गोल्डकप’ को दोस्रो चरणमा प्रवेश गरेको छ । (शुक्रबार) सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपीएफ भण्डारा सडन डेथमा बिजयी भएको हो । त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो भने टाइब्रेकर पनि ३–३ को बराबरीमा सकिएको थियो । खेलको म्यान अफ दि म्याच एपीएफका गोलरक्षक श्याम थापा भए । प्रतियोगिता अन्तर्गत शनिबार अभिषेक चर्च रजहर नवलपुर र रड्स क्लब रामपुरबीच खेल हुनेछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले वाइसाइकल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: