नेविसंघका नेताहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाहीको माग

चितवन, बैशाख ४ । नेपाली काँग्रेस चितवनले नेपाल विद्यार्थी संघका नेताहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाहीको माग गरेको छ । हिजो विहान करिव ११ बजेतिर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत नेविसंघ इकाई अध्यक्ष दिपेश वानिया, खेम उपाध्याय, हिमाल आचार्य र सोनाम लामा लगायतका विद्यार्थी नेताहरुमाथि आक्रमण भएको जिल्ला सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

छात्रावासमा प्रवेश गरी शिव वस्नेत, विवेक भट्टचन लगायतका २०,२५ जनाको हतियार धारी जत्थाले सांघातिक हमला गरेको र उनीहरु माथि कारवाही हुनुपर्ने माग गरिएको छ । विश्व विद्यालयलाई वैचारिक राजनीतिक थलोको रुपमा विकास गर्नुपर्नेमा भौतिक आक्रमण गर्ने र विश्वविद्यालयलाई रणभूमिमा रुपान्तरण गर्ने जंगली शैली भएको विज्ञप्तीमा भनिएको छ ।घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारवाहीको लागि सम्वन्धित निकायसँग माग गरिएको हो । घटनाको नेपाली काँग्रेस केन्द्रीय कार्यालय र नेविसंघ केन्द्रले समेत विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन भनिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले विद्यार्थी भर्ना प्रकृयालाई लिएर नेविसंघ र क्रान्तिकारी विद्यार्थीहरुवीच झडप भएको र दुई जनाको सीएमसीमा, दुई जनाको स्थानीय मेडिकलमा उपचार भएको जानकारी दिनुभयो । हाल सम्म कसैलाई पनि पक्राउ नगरिएको उहाँको भनाई छ ।

घटनाको काँग्रेस केन्द्रीय कार्यालय र नेविसंघ केन्द्रलेपनि विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: