प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

वैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा कोरोनाभाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताउनुभयो ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: