नवलुरमा थप १० दिन निषेधाज्ञा लम्ब्याइयो

जेठ ३ । नवलपुरमा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा १४ गते राति १२ बजेसम्म लागू हुने छ ।

त्यसैगरी बैंकहरु आलो पालो गरेर खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । तरकारी तथा खाद्य सामग्री खरिद गर्ने बाहनामा घरबाट निस्कने मानिसहरुले संक्रमण फैलाएको भन्दै नवलपुरमा तरकारी तथा खाद्य सामग्री पसल पनि निश्चित समयका लागि मात्र खोल्ने निर्णय भएको छ ।

त्यसैगरी कोभिड १९ नियन्त्रणका लागि जनस्तरबाट भएको सहयोगहरु जिल्ला स्तरको विपद् व्यवस्थापन समिति मार्फत एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्नु पर्ने निर्णय भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: