कोरोनाबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

चितवन,जेठ ३ । चितवनमा कोरोना संक्रमणबाट एकैदिन १५ जनाको मृत्यु भएकोछ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्याङ्क अनुसार सो संख्यामा संक्रमितको ज्यान गएको हो ।

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २ जना, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीमका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा चितवन, रुपन्देही,बारा र गोरखाका १/ १ जना गरी ४ जना संक्रमितको मृत्यु भएको हो । त्यस्तै भरतपुर क्यान्सर अस्पतालमा बाग्लुङ र बुटवलका १/१ जना गरी २ जनाको मृत्यु भएको हो । जिल्लामा करिव २२ जिल्लाबाट आएका संक्रमितहरुको उपचार भइरहेको छ ।

अहिले चितवनमा विभिन्न अस्पताल हरुमा २४१ जना आइसीयू, ४४ जना भेन्टिलेटरमा र ८२ जनाको एचडीयूमा उपचार चलिरहेको छ । आज मात्रै ५६ जना निको भएर घर पठाइएको छ भने ४९८ जनाको उपचार चलिरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: