मध्यरातमा संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनावको मिति घोषणा

जेठ ८। देशलाई पुन पुष ५ मा फर्काइएको छ अर्थात पुष ५ कानुन मिचेर संसद विघटन गरिएपनि यो पटक भने संविधानको प्रकृया अनुसार देशमा मध्यावधी चुनावको घोषणा गरिएको छ ।धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएपनि दुवैतर्फ प्रतिनिधि सभा सदस्यहरु दोहारिए । राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर ओली र देउवाको दावी दुवै तर्फ समावेश भएको र यसले विश्वासको मत पाउने वातावरण नभएको भन्दै संसद विघटन गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसअघि काँग्रेसका सभापति शेरवहादुर देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभयो । ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गर्नुभयो ।

तर दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरित एकले अर्कालाई समर्थन गरेको र संम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुबैको दाबी नपुग्ने निर्णय गर्नुभएको थियो ।पुष ५ मा पनि संसद विघटन गरी वैशाख १७ र २७ मा चुनाव गर्ने घोषणा गरिएको थियो । पछि सर्वोच्चले फागुन ११ गते संसद पुनस्थापना गरिदिएको थियो । त्यसपछि अस्थिर बनेको नेपाली राजनीतिमा पुन चुनाव घोषणा गरिएको छ। देशमा कोरोना महामारी जटि वनिरहदा देशको नीति र त्यसको कार्यान्वयन सहित देश र जनचा बचाउने नेताहरु कुर्ची जोगाउने खेलमा दौडिरहेको आरोप आइरहेकोछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: