म्याग्देली कलाकारको “कर्खा” भाकाको किन होला खै…

बेनी, १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले “कर्खा” भाकाको किन होला खै ?… बोलको सार्वजनिक गरेको छोटो समयमै युट्युव टे«डिङमा परेको छ ।

लोपोन्मुख कर्खा भाकामा माया प्रेमको कथा बस्तुलाई समेटर तयार पारिएको गित मौलिक प्रकृतिको छ । २७ डिसेम्बरमा सार्वजनिक भएको यो गितले एक लाख २५ हजार भन्दा बढी भ्युज पाएको छ ।

मौलिक भाकामा नया पुस्ताको भावना र विषय बस्तुलाई समेटेर तयार पारिएको गितलाई धेरैले रुचाएका छन् । “कसैलाई मया बसाउनी फूल हुनी, कसैलाई माया आसुको मुल हुनी, किन होला खै ? माया प्रिति लगाउने लिन होकी ? दिन होला खै ?” गितमा भनिएको छ ।

सारङ्गीको संगितमा गाइएको गितमा बिछोडको पिडा व्यक्त गरिएको छ । गितका गायक रसाइली र कलाकार बिमता घर्तीको अभिनय छ । राजकुमार बगरको शब्द, संगित रहेको गितको गितको म्युजिक भिडियो जितु तामाङले छायांकन र रमेश विकले निर्देशन तथा सम्पादन गरेका छन् ।

म्याग्दीको मालिका गाउपालिका–४ मा जन्मिएका रसाइली सारङ्गी बाधनसंगै गायनमा अगाडी बढेका छन् । उनको यसअघि बालपन, झल्को दसैको, आकाशै ज्यानको लोक पप, म्याग्दी काली पुल संगै तरौला, खोलीको किनारैमा घर छ लगायतका गित सार्वजनिक भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: