लिटिल गार्डेनमा वक्तृत्वकला

बेनी, १६ पुष । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा बुधबार जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपालको समग्र शैक्षिक विकासका लागि निजी शैक्षिक संस्थाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय माविकी अनुसा श्रेष्ठ प्रथम, प्रकाश माविकी सिर्जना कटुवाल दृतीय, लिटिल गार्डेनकी युनिसा शर्मा तृतीय र बेनी आवासीय माविकी अभिनव आचार्य सान्तवना भएका थिए ।

प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति मोहन बानिया, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: