म्याग्दीका सांसदहरुद्धारा स्थानीय पूर्वाधार साझेदार र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको दश करोड बजेट वितरण

बेनी, २ मंसिर । स्थानीय पूर्वाधार साझेदार र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि बिनियोजन भएको दश करोड रुपैयाँ विभिन्न योजनाहरुलाई बाँडफाड गरिएको छ ।

संघीय सरकारले बिनियोजन गरेको स्थानीय पूर्वाधार साझेदार विकास कार्यक्रमको छ करोड र प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा दुई लाख रुपैयाँका दरले बिनियोजन गरेको चार करोड रुपैयाँ बाडफाड गरिएको हो ।

संघीय सरकारको बजेट प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा संयोजक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको समितिले बाडफाँड गरेर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।
प्रदेशसभाको क्षेत्र (क)का सांसद बिनोद केसी, क्षेत्र (ख)बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुन, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीको सहभागितामा बसेको दुई वटा निर्वाचन क्षेत्रका छुट्टा छुट्टै बैठकले योजना छनौट र बजेट सिफारिस गरेको हो ।

स्थानीय पूर्वाधार साझेदार कार्यक्रम स्थानीय तह र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रदेशका सम्बन्धित कार्यालयबाट कार्यान्वयन हुने प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो । प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले स्थानीय तह र वडाले माग गरेका प्रदेश र स्थानीय तहले बजेट बिनियोजन गर्न नसकेका योजनाहरुलाई प्राथमिकता दिएको बताउनुभयो ।

सबै स्थानीय तह, भूगोललाई आधार बनाएर सन्तुलित हिसाबले बजेट बाडफाँट गरेको उहाँले बताउनुभयो । प्रदेश र प्रतिनिधिसभाका सदस्यहरुबीच समझदारीमा नदोहोरीने तथा आवश्यकताको सम्बोधन हुने गरेर बजेट बाडफाड गरिएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो । दुवै कार्यक्रममा सडक, खानेपानी, नदी नियन्त्रण, भवन सम्बन्धी योजनामा प्राथमिकता दिएर बजेट बिनियोजन भएको छ ।

संघीय सांसदको कार्यक्रम तर्फ अन्नपूर्ण गाउँपालिकामा नागी–राम्चे–हिस्तान–खिवाङ सडकलाई पचास लाख, भुरुङ्ग तातोपानीको बहुउद्देश्यीय सभाहललाई दश लाख, बगर–दोवा–सुनारी सडकाई पन्ध्र लाख र किन्दुको खेलमैदानलाई दश लाख बिनियोजन भएको छ ।

रघुगंगा गाउँपालिकामा दग्नाम–दर्मीजा सडकलाई पचास लाख, अर्गला–रानीपौवा–रिसिङ–चौतारी–माझखर्क सडकलाई पन्चिस लाख, बादुकको भुमेथान सभाहललाई दश लाख बिनियोजन भएको छ । मालिका गाउँपालिकाको अदिभार–औल–बेली–रुम सडकलाई पचास लाख, दरवाङ बजार संरक्षणलाई पञ्चीस लाख, मगरदाङ खेलमैदानलाई बाह् लाख, च्युरीबोट सिस्नेरी सडकलाई तेह् लाख छुट्टिएको छ ।
धवलागिरी गाउँपालिकाको मुना–लुलाङ सडकलाई पचास लाख, मुना–मुदी सडकलाई तीस लाख र मराङ–मल्कवाङ–पाखापानी सडकलाई बीस लाख बिनियोजन भएको छ । मंगला गाउँपालिकाको बाबियाचौर स्थित मंगला शिक्षा क्याम्पसको भवन निर्माणमा सत्तरी लाख र बरंजा–धापुङ–सिर्पु सडकलाई पन्ध्र लाख बिनियोजन भएको छ ।

बेनी नगरपालिकाका सात वडा योजनालाई एक करोड ४५ लाख बिनियोजन भएको छ । खुल्ला मञ्च खेलमैदान निर्माणलाई पचास लाख, ठुलोगैरा–खबरा–भकुण्डे सडकलाई पच्चिस लाख, खबरा–लामगरा–ढोडेनी सडकलाइ तेह् लाख, भिरमुनी खेलमैदानलाई दश लाख, दिपक मावि पात्लेखेतको भवन बनाउन चौबिस लाख, गलेश्वर–काउलेगौडा–गीठिनी सडकलाई तेह् लाख र जामुनाखर्क मावि जोड्ने सडकलाई दश लाख बिनियोजन भएको छ ।

गण्डकी प्रदेशको प्रदेश निर्वाचन क्षेत्र (क)मा २४ वटा योजनालाई दुई करोड रुपैयाँ बिनियोजन भएको सांसद बिनोद केसीले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकाको ज्ञानप्रकाश मावि कमेरेडाडा खलंगा ठारा हुदै रुप्से छहरा जोड्ने सडकलाई पच्चिस लाख, घारखोला देखि पाउद्धार सडकलाई नौ लाख, करबाकेली संग्रहालयलाई पाँच लाख, मुक्तिमार्ग मावि घारलाई घेराबारका लागि पाँच लाख, राम्चेको देउराली युवा क्लवको खेलमैदानलाई पाँच लाख, घारखोलाको शिवालय मन्दिर शौचालयलाई दुई लाख, काभ्रे खेलमैदानलाई नौ लाख र दोवा सुनारी सडकलाई पाँच लाख बिनियोजन भएको छ ।

रघुगंगा गाउँपालिकाको माझखर्कदेखि धाप्पा सडक निर्माण दश लाख, देउपूर्ण शान्ते खेलमैदानलाई दश लाख, राममन्दिरको सामुदायिक स्वास्थ्य इकाईलाई दश लाख, पिप्लेको प्रगतिशिल आमा समूह तीन लाख, अक्षता खेलमैदान मर्मत सम्भार पाँच लाख, कुइनेखानी खेलमैदान दुई लाख, कान्छीगाउँदेखि भूमे थान पदमार्ग निर्माण दग्नामलाई पाँच ला, झिँ देखि टोड्के पदमार्ग निर्माण पाँच लाख र गोरमाला देखि रुइसे सडकलाई दश लाख बिनियोजन भएको छ ।

बेनी नगरपालिकामा डोले–स्वर्गाश्रम बेलढुङ्गा सडकलाई पच्चिस लाख, डाडाखेत खानेपानी योजनालाई दश लाख, जामुनाखर्क खानेपानी योजनालाई आठ लाख, डडुवा खानेपानी योजनालाई आठ लाख, पुलाचौरको तल्लोचौरमा देवी मन्दिर निर्माणमा दश लाख, अर्थुङ्गेमा राममन्दिर निर्माणमा दश लाख र आनन्दबगरको खेलमैदान निर्माण गर्न पाँच लाख रुपैयाँ बिनियोजन भएको छ ।

प्रदेशसभा क्षेत्र (ख) अन्तरगत धवलागिरी गाउँपालिकाको ताकम मावि भवन निर्माणमा पच्चिस लाख, मराङ–कुम्रि–राम्चे–बुल–मलम्पार सडकलाई पन्ध्र लाख, हिलापोखरी–खोरबाङ–खारा–खाम्ला सडकलाई पन्ध्र लाख बिनियोजन भएको छ ।

मालिका गाउँपालिकाको खोप्टी–सिरदी–दास–निस्कोट मोटरबाटोलाई पच्चिस लाख, ओखरबोट सामुदायिक भवनलाई पन्ध्र लाख, खोप्टी बस्ति संरक्षणलाई आठ लाख, दिच्यामको भगवती आधारभूत विद्यालयको बालविकास केन्द्र व्यवस्थापनलाई पाँच लाख, फुलबारी सामुदायिक भवन निर्माणका लागि पाँच लाख, प्रतिनरमा आधारभूत विद्यालयको खेलमैदान निर्माण र तारबार गर्न दश लाख, दरवाङ योग भवन निर्माणका लागि पाँच लाख बिनियोजन भएको छ ।

मंगला गाउँपालिका २ को रातमाटा खेलमैदानलाई छ लाख, पूर्णगाउ होमस्टेलाई पाच लाख, जनआवाज आधारभूत विद्यालय खेलमैदान निर्माण चार लाख, थाइवाङ सामुदायिक भवनलाई पाँच लाख, महबिसौा बालविकास केन्द्रलाई तीन लाख, आलडाडामा सामुदायिक भवन दुई लाख, विकास आधारभूत लेरनीलाई दुई लाख, लाम्पाटा आम्बोट लरेनी सडकलाई तीन लाख, गतिशिल युवा क्लव खेलमैदानलाई पाँच लाख, ३ न. वडा कार्यालय देखि महखोला सम्म सडक मर्मत पाँच लाख, बुकेनी एकिकृत सामुदायिक भवन दश लाख र सिर्कुम मोटरबाटोलाई पन्ध्र लाख बिनियोजन भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: