दिच्यामको भगवती आधारभूत विद्यालयको पचासौ वार्षिकोत्सव

बेनी, २ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभूत विद्यालयको पचासौ वार्षिकोत्सव आइतबार विबिध कार्यक्रम आयोजना गरेर मनाइएको छ ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष कर्णबहादुर रोकाको अध्यक्षता, वडा अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यता, शिक्षक टकबहादुर पुनको सञ्चालन र सम्झना कार्कीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ जगतबहादुर खत्रीले शैक्षिक, भौतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वडा अध्यक्ष सुवेदीले सामुदायिक विद्यालयको गुणस्तर सुधारको पहल गरिएको र भगवती आधारभूतमा भवन निर्माणमा प्राथमिकता दिएको बताउनुभयो । गत वर्ष दुई कोठे भवन बनेको विद्यालयमा यस वर्ष थप तीन कोठे कक्षा कोठ, शौचालय र चिल्ड्रेन पार्कको योजना परेको छ ।

कार्यक्रममा भगवती अक्षयकोषका संस्थापक अध्यक्ष जंगबहादुर पुन, शिक्षक अभिभावक संघका देवप्रसाद रोका, अभिभावक चक्रबहादुर गुरुङले मन्तब्य व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित आधरभूत विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा जनप्रिय मावि दरवाङ प्रथम र भिम मावि देविस्थान दृतीय भएका छन् ।

नृत्य प्रतियोगितामा किसानी मावि बिम प्रथम र जनकल्याण आधारभूत विद्यालय ढुनोट दृतीय भएका थिए । अभिभावकहरुबीचको फुटबल खेलमा शेराटोल प्रथम र शिक्षकहरुको समूह दृतीय भएका छन् । महिला अभिभावकहरुबीचको लठो तान्ने खेलमा शेराटोल प्रथम र देउराली समूह दृतीय भएका छन् ।
सो अवसरमा दुई कोठे भवन निर्माण समितिका अध्यक्ष दधिलाल आचार्य, देउसी भैलो कार्यक्रममा पाँच हजार रुपैयाँ भन्दा बढी सहयोग गरेकालाई सम्मान र प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: