मोटरसाइकल दुर्घटनामा पर्यटकको मृत्यु

बेनी, १ मंसिर । बेनी–जोमसोम सडक अन्तरगत मुस्ताङको घाँसामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पर्यटकको मृत्यु भएको छ ।

पोखरा देखि बेनी हुदै जोमसोम जाँदै गरेको एचपि ५८ ए ३८६० नम्बरको मोटरसाइकल सडकबाट कालीगण्डकी किनारमा खस्दा घाइते भएका स्कटल्याण्डका ५२५९५८६४ नम्बरको राहदानी बाहक ६० वर्षीय फानीको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी आशिष अधिकारीले शनिबार साँझ दुर्घटनामा परेका फानीको आइतबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । प्रहरी र स्थानीयबासीले उद्धार गरेर फानीलाई एयर डाइनेष्टि हेलीकप्टरबाट शनिबार साँझै पोखरा लगिएको थियो ।

काठमाडौको सोसियल ट्राभल मार्फत फानी सहित ८ जना पर्यटकहरु मोटरसाइकल चढेर मुस्ताङ भ्रमणमा गएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: