नवलपुर जिल्लामा भएको ६४ सवारी दुर्घटनामा १७ जनाको मृत्यु

पौष ३ । नवलपुर जिल्लामा चालु आर्थिक वर्ष २०७७/०७८ को मंसिर मसान्त सम्म ६४ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ६४ दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १५ जना पुरुष, १ जना महिला र १ जना बालक रहेका छन् ।
दुर्घटनामा परी ६४ जना मानिस गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विगतका वर्षहरुको तुलनामा जिल्लामा सवारी दुर्घटनामा भने न्यूनीकरण आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: