राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा विश्व विजेता वाटमोर नियुक्त

पौष २ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट क्यानले वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।

श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, लिस्ट एका २६, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: