लागुऔषध सहित नवलपुरमा गुरुङ पक्राउ

पौष ४ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
हिजो साँझ कावासोती नगरपालिका वडा नम्वर ०८ फलफूलचोक स्थित पूर्व पश्चिम राजमार्गमा ना ६ ख ९६७६ नम्वरको बसमा रहेका यात्रुहरुको चेकजाँज गर्दा नवलपरासी ( पश्चिम) बर्दघाट नगरपालिका वडा नम्वर २ चिसापानी बस्ने बर्ष २४ का बिशाल गुरुङ पक्राउ परेका हुन् ।
पश्चिम बाट पूर्व तर्फ आउदै गरेको बसमा यात्रा गरेका गुरुङको साथबाट नुर्फिन १४ एम्पुल, डाईजापाम १४ एम्पुल, फेनारगन १४ एम्पुल लागु औषध फेला परेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
उक्त लागु औषध बरामद गरी गुरुङलाई पक्राउ गरी लागु औषध मुद्धामा अनुसन्धान भई रहेको खाँणले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: