तस्करीमा व्यस्त नम्बरनै नभएका सहित १६ ट्याक्टर नियन्त्रणमा

पौष २ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खांणले जानकारी दिनुभयो ।

हिजो राति विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोला बाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

खाँणका अनुसार नियन्त्रणमा रहेका ट्याक्टरहरुमा ना ७ त ३६२०, ना ७ त २५०२, लु ३ त ७८०, लु ३ त ९१७६, लु ४ त ५३९, लु २ त ९६११,लु ४ त ५८९, लु ४ त ३६६५, लु ३ त ९५७९ र नम्बर नभएको ७ वटा गरि कुल १६ वटा रहेका छन् ।

जिल्लाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामै नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: