आज ६५८८ मा पिसिआर गर्दा ७७६ जनालाई कोरोना संक्रमण

पौष २ । देशभर आज थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।

आज ९ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ।  पछिल्लो २४ घण्टामा ६५८८ जनामा पिसिआर परीक्षण गरिएको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: