कांग्रेस प्रवक्ता शर्माले टेलिभिजन कार्यक्रम ऐना चलाउने

पौष २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने पक्का भएको छ। सामाजिक मुद्दामा केन्द्रित टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ सात गतेबाट प्रसारण आरम्भ हुने र सोही कार्यक्रम संचालन गर्ने जिम्मेवारी पाउनुभएको हो ।

देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रुपमा कार्यक्रम तयार हुने बताइएको छ।

आज पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी दि होराइजन मल्टिमिडिया प्रालिले जानकारी दिएको हो। यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा हरेक बुधबार प्रसारण हुनेछ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: