आज थप १ हजार ५६ संक्रमित, १४ जनाको मृत्यु

मंसिर २४ । आज नेपालमा १ हजार ५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो थपिएका संक्रमित सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।
आज १ हजार ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: