साझा र विवेकशीलबीच एकता, बन्यो विवेकशील साझा

मंसिर २४ । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । पार्टी फुटेको २२ महिनापछि पुन एकता भएको हो । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्नुभएको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे हुनुहुन्छ । १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ । यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: