चिडियाखाना भोलिदेखि सर्वसाधरणका लागि खुल्ला गरिदै

मंसिर २४ । कोरोना र लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ ।
सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा। चिरञ्जीवि प्रसाद पोखरेले जानकारी दिनुभयो । अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो ।

एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनुभयो । हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेले जानकारी दिनुभयो ।

ई सेवामार्फत आज बेलुकादेखि नै अनलाइन टिकट खुलाइने उहाँले बताउनुभयो । चिडियाखाना प्रवेशका लागि १५० रुपैयाँको टिकट काट्नु पर्ने छ । विद्यार्थी र ज्येष्ठ नागरिकले भने ९० रुपैयाँमा नै टिकट पाउने छन् । यस्तै ४ देखि १२ वर्षसम्मका बालबालिकाको लागि भने टिकटको ५० रुपैयाँ लाग्ने छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: