चितवनमा राजावादीहरुको वृहत प्रदर्शन (फोटो फिचर)

चितवन, मंसिर २० । चितवनमा राजावादीहरुले आज वृहत प्रदर्शन गरेका छन् । अहिलेको सरकारबाट आजित भएको भन्दै उनीहरुले सरकार र ब्यवस्थाको बिरोधमा नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा चितवन र आसपास जिल्लाका युवाहरुको सहभागीता रहेको थियो । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, गणतन्त्र धोका हो लगायतका नारा लगाएका थिए ।


राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित उनीहरु पारस बसपार्क जम्मा भएर हाकीम चोक, चौविस कोटी, पुल्चोक हुँदै आँपटारी र बाइपास रोड हुँदै पुन पारस बसपार्कमा आएर कोण सभा भएको थियो । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत समर्थन गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: