कोरोना संक्रमणका कारण आज मात्रै १० जनाको मृत्यु

मंसिर २० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या कुल संख्या एक हजार ५७७ पुगेको छ ।

आज थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ३९ हजार ८८५ पुगेको छ ।

यो अवधिमा छ हजार ७४ जनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा देशभर दुई हजार २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको शनिबार मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: