सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुसहित पक्राउ

मंसिर १९ । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं।२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।
घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको भुसालले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: