नेपालमा आज २८ सय २४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

कार्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १३ हजार २३ जनाको पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज भएको थप सँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ ।

काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९६० पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: