नेविसंघको विरोध प्रदर्शन, कार्यकर्तालाइ झुटा मुद्दा लगाएको आरोप

कार्तिक १६ । नेपाल विद्यार्थी संघले काठमाण्डौमा प्रदर्शन गरेको छ । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रदर्शन गरेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गमा र्‍याली र प्रदर्शन गर्दै सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा उत्रिएको नेविसंघले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: