गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको ज्यान गयो

कार्तिक १६ । नवलपुरको देबचुलीमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो ।

 उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: