रअ का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेट

कार्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले आज भेट भएको जानकारी दिनुभयो । भेटका क्रममा गोलयले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । पूर्व प्रधानमन्त्रीहरु शेर वहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले भने भेट नगरेको दावी गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: