३ लाख २१ हजार नक्कली नोट सहित चितवनमा व्यक्ति पक्राउ

चितवन, कार्तिक ६ । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नक्कली नोट सहित एक व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिलला राक्सीराङ् ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् ।

रु.१००० दरको ३२१ थान नोट सहि गत मंगलवार चितवन राप्ती नगरपालिका वडा नं.५ भण्डाराबाट पक्राउ गरिएको हो । भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजिब गिरीको कमाण्डामा टोली खटिएको थियो ।

सोही ठाउँको अर्को पसलबाट रू.१००० दरको १२ थान हेर्दा नक्कली जस्तो देखिने नोटहरु सहित अनुसन्धानको क्रममा उनले कारोबार गरेको एक होटल र खाजाघरबाट रु. १००० दरको ७ थान नोटहरु पनि प्रहरीले बरामद गरेको थियो । पक्राउ पछि उनकै घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा रु.१००० दरको थप ३०२ थान नोटहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

नक्कली जस्तो देखिने नोटहरु बरामद गरेर व्यक्ति पक्राउ परेपछि आज सर्वाजनिक गरिएको हो । थप अनुसन्धान कार्य भईरहेको गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: