कार्तिक ६ । लागुऔषध सहित स्याङ्जामा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली गोदावारी ८ स्थायी घर भई हाल स्याङजा गल्याङ नगरपालिका वडा नं. ८ बस्ने वर्ष १८ को सुवास भन्ने होम बहादुर रोका रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले हिजो उनलाई पक्राउ गरेको हो ।
वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारी स्थित सिद्धार्थ राजमार्गमा खानतलासी गर्दा उनको साथबाट डाईजेपाम २३ एम्पुल, फेनरागन २३ एम्पुल र नोर्फिन २३ एम्पुल फेला परेको र थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।