आज ३७ सय ९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

कात्तिक ३ । नेपालमा आज थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिँदै आज थपिएको सहित देशमा कुल संक्रमितको सख्या
१ लाख ३६ हजार ३६ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९४५०१ रहेको छ ।आज मात्रै १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।हालसम्म मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: