काँग्रेस नेकपा दुवै पार्टीका सांसदहरूको दसैं भत्ता कोरोना कोषमा राख्ने

कार्तिक ३ । यस्तो विषम परिस्थितीमा पनि सांसदहरुले दसैँ भत्ता लिएको भन्दै चर्को विरोधपछि सत्तारुढ नेकपा र काँग्रेसले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ता गर्ने र कोरोना कोषमा राख्ने भएका छन् । नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ भने पार्टी सभापति शेर वहादुर देउवाले निर्देशन दिएपछि काँग्रेसले पनि आज कोषमा राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: