राजदूत नबनाउन माग गर्दै खतिवडाविरुद्ध ३ वटा उजुरी दर्ता

कार्तिक ३ । अर्थमन्त्रीबाट म्याद सकिएपछि अमेरिकाका लागि राजदुत सिफरिस हुनुभएका युवराज खतीवडाविरुद्ध ३ वटा उजुरी दर्ता भएको छ । संघीय संसदको सुनुवाई समितिमा उहाँलाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी परेको हो। त्यस्तै बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

सोमबार सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।

उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: