नेपालमा एकैदिन ५ हजार ८ जनामा कोभिड १९ पुष्टी

असोज २५ । नेपालमा हिजो एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको हो । थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।हिजो देशभरबाट १,२२९ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४,२५२ पुगेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३०,८१८ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: