भीमफेदी जिप दुर्घटना, तीन जनाको मृत्यु

असोज १९ । मकवानपुरको भीमफेदीमा आइतबार भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ रहेका छन् ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा परी गम्भीर घाइते भएकी झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: