प्रदेश ५ राजधानी टुंगो आज, हिजो मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, प्रहरीद्धारा हवाई फायर

असोज १९ । प्रदेश सरकारको अवधि अव करिव २ वर्ष वाँकी हुन लाग्दा बल्ल नाम र राजधानीको प्रस्ताव गरेको प्रदेश ५ मा थप आन्दोलन चर्किएको छ । प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश संसदमा लगेपछि बुटवलवासी आक्रोशित हुँदै आन्दोलन गरिरहेको छन् । प्रस्तावत फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

वुटवलमा रहेको अस्थायी राजधानी दाङ मा सार्ने प्रस्ताव प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभामा लगेपछि आन्दोलन तातेको हो । राजधानी सारेको भन्दै आक्रोशीत र आन्दोलित भीडले हिजो मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ । पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको छ ।

कडा सुरक्षाका वीच पनि ढुंगामुढा भएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । प्रशासनले निषेधित क्षेत्र तोकेपनि आन्दोलन नरोकिएको बुटवलमा मिलनचोक नजिकै आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्कर्टिङमा रहेको प्रहरीका दुई गाडीमा क्षति पुगेको छ भने अध्यक्षहरुसँग शनिबार काठमाडौं जानु भएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किदै गर्दा भएको ढुँगा प्रहारबाट गाडीमा क्षती पुगेको छ । प्रहरीले केही आन्दोलनकारीलाई प्रक्राउ गरेको छ । आज प्रदेशसभा बैठक डाकिएको छ ।

प्रदेशसभाका दुई तिहाई सदस्यको मतले जे निर्णय गर्छ त्यही अन्तिम हुने भएकाले पनि आज विशेष दिनको रुपमा हेरिएको छ । ८७ सदस्यीय प्रदेशसभामा दुई तिहाईका लागि ५८ सांसद आवश्यक पर्ने देखिन्छ । नेकपाको दुई तिहाई अर्थात ६१ सांसद छन् । नाम र राजधानी टुंगो लगाउन नेकपाका सांसदहरूकै मत पर्याप्त छ ।

तर, यो मत झिनो (४ भोट) छ । शनिबारको बैठकमा नोट अफ डिसेन्ट लेखेका १४ सांसदले प्रदेश सरकारको प्रस्तावको विपक्षमा मत दिएको अवस्थामा भने नेपाली कांग्रेसको समर्थन आवश्यक पर्दछ । कांग्रेसका १९ सांसद छन् । त्यसमध्ये बहुमत सांसद दाङको पक्षमा देखिन्छन् । पार्टीले ह्विप नलगाउँदा नेकपा ७÷८ सांसदले बुटवलको पक्षमा भोट दिने दावी गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: