डा. केसीको माग सम्वोधन गर्न आह्वान सहित चितवनमा प्रदर्शन

चितवन, असोज १९ । डा.केसीको माग सम्वोधन सहित जीवन रक्षाको आह्वान सहित भरतपुरमा प्रदर्शन चितवन, असोज १९ । चिकित्सा क्षेत्रको सुधार र अन्य सरकारी गतिविधि नियमसंगत हुनुपर्ने माग गर्दै विगत २२ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्वोधन गर्न आह्वान सहित आज चितवनको भरतपुरमा प्रदर्शन भएको छ ।
सचेत नागरिक समाज चितवनको आयोजनामा भएको प्रदर्शनले गोविन्द केसीको जीवन रक्षा गर्दै उठाइएका जायज माग तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेका थिए । चौबिसकोटीमा भेला भएका उनीहरुले डा केसीको जीवन रक्षा गर, डा.केसीका माग अबिलम्ब सम्बोधन गर” लगाएतका प्लेकार्ड र नारा लगाएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: