म्याग्दीको कुहु, बरंजा र सिंगाका छ जनामा कोरोना संक्रमण

बेनी, ११ असार ः म्याग्दीका छ सहित बिहिबार बिहान गण्डकी प्रदेशमा ११ जना कोरोना (भाइरस) संक्रमित थपिएका छन् । म्याग्दीका संक्रमित सबै क्वारेन्टिनमा बसेकाहरु हुन् ।

पोखरा क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेडौडामा पिसिआर बिधिबाट गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा म्याग्दी सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना (भाइरस) संक्रमिण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माद्धारा जारी विज्ञप्तिमा संक्रमण पुष्टि भएकाहरुलाई सम्बन्धित जिल्लाका आइसोलेशनमा लैजाने तयारी भएको छ ।

म्याग्दीका ६ जना, नवलपरासी पुर्वको मध्य बिन्दु नगरपालिकाका एक पुरुष र एक महिला, बागलुङको गलकोट नगरपालिकाका दुई जना र स्याङ्जाको कालीगण्डकी गाउपालिकाका १ जना रहेका छन् । पछिल्लो पटक थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ जना पुगेको छ ।

म्याग्दीका नयाँ संक्रमित मंगला गाउपालिकाका ४ र बेनी नगरपालिकाका दुई जना हुन् । उनिहरु विदेशबाट आएर बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिनमा बसेकाहरु भएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

स्वास्थ्य अवस्था सामान्य भएका उनिहरुलाई खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेशनमा लगिएको छ । असार ३ गते उनिहरुको स्वाब संकलन गरेर परिक्षणका लागि प्रयोगशालामा पठाइएको थियो ।

मंगला गाउपालिका–१ कुहुँका ३५ र २० बर्षका पुरुष, सोही पालिकाको ३ र ४ मा पर्ने बरंजाका २६ र २३ वर्षका पुरुष, बेनी नगरपालिका– ४ सिंगाका १७ वर्षका पुरुष छन् । संक्रमित बेनी–४ ठेगाना भएकी महिला जेठ ३० गते कुवेतबाट आएर क्वारेन्टिनमा बसेकी थिइन् ।
हाल म्याग्दीमा संक्रमितको संख्या १४ जना पुगेको छ भने दुई जना निको भएर घर फर्किएका छन् । म्याग्दीबाट हालसम्म २७० वटा स्वास संकलन गरेर पिसिआर बिधिबाट कोरोना परिक्षण गर्न पठाइएको छ । २३५ वटाको नतिजा आएको छ । ३५ वटाको नतिजा आउन बाकी छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: