नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएकोमा मालिकामा दिप प्रज्वलन

बेनी, ३१ जेठ । भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्सा संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङमा शनिबार साँझ दिप प्रज्वलन गरिएको छ ।

प्रतिनिधिसभाको बैठकले नयाँ नक्सा समेट्ने बिधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएपछि दरवाङ स्थित गाउपालिकाको कार्यालय अगाडी दिप प्रज्वलन गरिएको हो । नयाँ नक्साको चित्र बनाएर त्यहाँ दिप प्रज्वलन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी, ब्यापारी र स्थानीयबासीहरु सहभागि भएका थिए । भारतले कब्जा गरेको कालापानी, लिम्पीयाधुरी र लिपुलेक ऐतिहासिक तथ्य र प्रमाणको आधारमा सो भूमि समेटेर सरकारले नेपालको आधिकारिक नक्सालाई संबिधानमा समेटेको छ ।

राष्ट्रिय स्वाधिनताको मुद्दामा नेपालका सबै राजनीतिक शक्ति एकतावद्ध भएकोमा नागरिकमा खुसीयाली छाएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनीतिक दलका नेताहरुले कब्जा गरेको भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्ने बताउनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: