लायन्स क्लव अफ मंगलाद्धारा कोरोना कोषमा सहयोग

बाबियाचौर, २२ वैशाख । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ ।

मंगला गाउपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा क्लवले बीस हजार १५५ रुपैयाँ सहयोग गरेको हो ।

गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका र कार्यकारी सचिव राजेन्द्र आचार्यलाई क्लवका प्रथम उपाध्यक्ष राजकुमार पाण्डेको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: