गोली उपहार दिने प्रस्ताव राखेर फरार वडा अध्यक्षद्धारा प्रहरी समक्ष आत्मसर्मपण

बेनी, २२ वैशाख । हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

२०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि उनी फरार थिए । अनुसन्धानमा सहयोग र कानुनी रुपले मुद्दाको प्रतिवाद्ध गर्न शेरपुजा आफै आइतबार प्रहरीकहाँ आएका डिएसपी किरनजंग कुँवरले बताउनुभयो ।

उहाका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परिक्षण गर्दा बार बोरको भएको पुष्टि भएको छ । ‘उहाँ आफै अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो,’ डिएसपी कुवरले भन्नुभयोे ‘अनुसन्धान जारी छ ।’

चैत २९ गते बिहान “नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु” भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाएका थिए ।

शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसका नेताहरु सहित उनि प्रहरी कार्यालयमा आएका थिए ।

स्थानीय चुनाव अघि नेपाली काँग्रेसमा प्रवेश गरेका शेरपुजा काँग्रेसको रघुगंगा पालिका कार्यसमितिको सचिव हुन् । वि.स. २०७० को दोस्रो संबिधानसभा निर्वाचनमा उनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए ।

अबैध हात हतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजा विरुद्ध अदालतमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानुनी व्यवस्था छ । अदालतले उनलाई दोषी ठहर र पुनरावेदनमा पनि असफल भएमा वडा अध्यक्ष पद गुम्नेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: