गुर्जामा विद्युत र मोवाइल सेवा आंशिक रुपमा सूचारु

बेनी, ६ चैत । हिमपातपछि विद्युतका पुल भाचिएपछि अवरुद्ध भएको म्याग्दीको दुर्गम गुर्जामा विद्युत र मोवाइल सेवा पाँच दिनपछि आंशिक रुपमा सञ्चालन भएको छ ।

चैत १ गते भएको हिमपातका कारण गुर्जाको इङ्लेखोला लघुजलविद्युत परियोजनाको ८ वटा पोल भाँचिएका थिए । मुख्य लाइनको पोल मर्मत र परिवर्तन गरेर आंशिक रुपमा विद्युत र मोवाइल सेवा सञ्चालन गराइएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पोल मर्मतको काम जारी रहेको उहाँले बताउनुभयो । ३५ किलोवाट क्षमताको परियोजना बन्द हुँदा गुर्जामा विद्युत र सञ्चार सेवा अवरुद्ध भएको थियो । धवलागिरी गाउपालिकाको वडा न. १ मा पर्ने गुर्जामा २६१ घरधुरीको बसोबास छ ।

परियोजनाको उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीयबासी विद्युतको पोल मर्मतमा जुटेका छन् । हिउँ भने अझै पग्लीएको छैन् । बेमौसमी हिमपातका कारण गहु, जौ, उवा, केराउ लगायत हिउदेबाली नष्ट भएको छ । स्थानीयबासीको जिवनयापन कष्टकर बनेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: