बेनी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसीन जडान सुरु

बेनी, ६ चैत । बेनी नगरपालिकाको सामुदायिक विद्यालयमा विद्युतीय हाजिरि मेसिन जडान सुरु भएको छ ।

नगरपालिकाको एक वटा १–५ तहको पढाई हुने आधारभूतर सबै मावि र कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुने विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न सुरु गरेको हो । २५ वटा विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

१–५ तहको पठनपाठन हुने बगरफाँटको सरस्वति आधारभूतमा पनि मेसिन जोडिने भएको छ । प्राबिधिक धारतर्फ सिभिल इञ्जिनियरीङ विषयको पढाई हुने तोरीपानीको गलेश्वर माविमा दुई वटा र अन्य मावि तथा आधारभूत विद्यालयमा एक÷एक वटा मेसिन जडान गरिने स्रोत व्यक्ति मोहन बानियाले बताउनुभयो ।

विद्यालयमा शिक्षकको नियमितता र समयको परिपालनामा कडाई गर्न विद्युतीय हाजिरी मेसिनले सहयोग गर्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । कालीपुलको बालमन्दिर आधारभूत विद्यालयमा नगरप्रमुख श्रेष्ठ, प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, कार्यपालिकाको सामाजिक विकास समिति संयोजक गोविन्द पौडेलको उपस्थितिमा हाजिरी मेसिन जडान कार्यको सुरुवात गरिएको थियो ।

हाजिरी मेसिनको प्रयोग मार्फत विद्युतीय सुशासानको अभ्यास गरिएको बताउँदै नगरप्रमुख श्रेष्ठले यसलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार विद्युतीय हाजिरी मेसिन खदिर गर्न नगरपालिकाले यस वर्ष पाँच लाख रुपैया बिनियोजन गरेको थियो ।

आगामी नया शैक्षिक सत्रदेखि हाजिरी मेसिन प्रयोगमा ल्याइने सामाजिक विकास समितिका संयोजक पौडेलले बताउनुभयो । विद्युतीय उपकरणमा हाजिर गर्दा कर्मचारी आएको र गएको समयको विद्युतीय अभिलेख रहन्छ ।

कार्यालयबाटै शिक्षक विद्यालय आए नआएको र उसका गतिबिधिलाई कार्यालयबाटै निगरानी गर्न सकिने नगरपालिकाका सूचना प्रबिधि अधिकृत खिम खत्रीले बताउनुभयो । रजिस्टर र मेसिन दुवैको हाजिरी रुजु गरिने भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: