मालिकामा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि भिम माविलाई

दरवाङ, २५ माघ । देविस्थानको भिम माविले मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर मा.वि. दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

दरवाङमा शनिबार सम्पन्न प्रतियोगितामा १३ वटा स्वर्ण, ४ वटा रजत र ४ वटा कास्य पदक सहित भिम माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्ड जितेको हो । गत वर्ष पनि बिजेता भएको भिम माविले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

७ वटा स्वर्ण, ११ वटा रजत र ५ वटा कास्य पदक जित्दै दोस्रो भएको बिमको किसानी माविले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद चालीस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । तीन वटा स्वर्ण, चार वटा रजत र सात वटा कास्य पदक जितेको जनप्रिय माविले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पच्चिस हजार रुपैयाँ पुरस्कार पाएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मालिका गाउँपालिकामा रहेका नौ वटा सामुदायिक र दुई वटा निजी विद्यालयले सहभागिता जनाएका थिए । एथलेटिक्स, भलिबल र कवड्डी खेलको छात्रा÷छात्रा तर्फ ३० वटा खेल खेलाइएको थियो । उपाधि बिजेता भिम माविले एथलेटिक्स तर्फका खेलमा धेरै स्वर्ण पदक जितेको छ ।

छात्र भलिबलमा केवी एकेडेमी मावि प्रथम, ओखरबोट मावि द्धितीय र निस्कोट मावि तृतीय भए । छात्रा भलिबलमा अमरज्योति मावि डाडागाउँ प्रथम, ओखरबोट मावि दृतीय र राष्ट्रिय मावि तृतीय भए । कवड्डीको छात्रतर्फ जनप्रिय मावि प्रथम, दरवाङ इङलिस बोडीङ स्कुल दृतीय र केवी एकेडेमी तृतीय तथा छात्रातर्फ दरवाङ ईङलिस बोडिङ स्कुल, किसानी मावि र जनप्रिय मावि क्रमश ः प्रथम, दृतीय र तृतीय भएका छन् ।

भलिबलको छात्रछात्रा, एथलेटिक्स र कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेलाई दश हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको शिक्षा शाखाका संयोजक तेजप्रसाद लामीछानेले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुग्जाली, पिपला बुढा, जनप्रिय माविका अध्यक्ष बिरबहादुर कार्की लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । बुधबारदेखि प्रतियोगिता सुरु भएको प्रतियोगिता तीन दिनमा सम्पन्न गर्ने कार्यतालिका भएपनि खेल नसकिएपछि एक दिन लम्बिएको हो ।

प्रतियोगितामा दरबाङ इङलिस बोर्डिङ्ग स्कुलले ३ स्वर्ण, २ रजत र १ कास्य, केबी एकेडेमी बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत र ४ कास्य, ओखरबोट माविले ३ रजत, सिद्धार्थ माविले १ स्वर्ण र २ कास्य, अमरज्योति माविले १ स्वर्ण र २ कास्य, निस्कोट माविले १ कास्य , राष्ट्रिय माविले २ रजत, २ कास्य तथा गौबमबस्त माविले ३ रजत र २ कास्य पदक जितेका छन् ।


गाउँपालिकाका अध्यक्ष रोकाले विद्यार्थीमा लुकेर रहेको क्षमता उजागर तथा खेलकुदको प्रवद्र्धन गर्नमा प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु जिल्लामा हुने जिल्लास्तरीय प्रतियोगिातमा सहभागि गराउने जानकारी दिनुभयो ।
उपाधि बिजेता भिम माविले पुरस्कार वितरणपछि दरवाङ बजारमा ¥याली निकालेर खुसीयाली मनाएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: