बेनी सामुदायिकमा लोक नृत्य प्रतियोगिता

बेनी, २४ माघ । बेनी सामुदायिक माविमा शुक्रबार माध्यमिक विद्यालय स्तरीय अन्तर मावि लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बेनी सामुदायिक माविको युवा रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी सामुदायिक मावि दोस्रो, प्रकाश मावि तेस्रो र न्यु वेष्ट पोइन्ट आवासीय मावि सान्तवना भएका थिए ।

प्रथम, दितीय, तितृय र सान्तवना हुने कलाकारले क्रमश ः नगद आठ हजार, छ हजार, चार हजार र दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ११ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापति लेखबहादुर हमालको प्रमुख आतिथ्यता, युरेश सभापति करिना सुवेदीको अध्यक्षता र शिक्षक टिकानाथ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रअ दिपक श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा नगर शिक्षा अधिकृत अर्जुन पौडेल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: